लुम्बिनीमा पहिलो दिन ६०७ जनाले लगाए खोप

बुटवल : लुम्बिनी प्रदेशमा कोभिड विरुद्धको खोप अभियान सुुरु भएको पहिलो दिन ६०७ जनाले खोप लगाएका छन् । उनीहरू मध्ये अधिकाशं स्वास्थ्यकर्मी हुन् । त्यसमा पनि चिकित्सक र नर्स बढी छन् । त्यसपछि सरसफाइकर्मी, शव वाहन चालक र एम्बुलेन्स चालक छन् ।
रुपन्देहीमा १ सय ४३ , नवलपरासी पश्चिममा ७६ , कपिलवस्तुमा ५८ , दाङमा १ सय ६२ जनाले पहिलो दिन खोप लगाएका छन् । बाँकेमा १ सय ११ र बर्दियामा ५८ जनाले खोप लगाएको लुम्बिनी प्रदेशको समाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले जानकारी दिए ।
पहिलो ८ वटा खोप केन्द्रबाट उनीहरूले कोभिडविरद्धको खोप लगाएका छन् । महामारीमा जोखिम मोलेर काम गरेका स्वास्थ्यकर्मीहरूमा खोप लगाएपछि निकै उत्साह देखिन्थ्यो । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालले खोप लगाएपछि कोभिडविरुद्ध नागरिकहरूमा सेवामा अझै धेरै सक्रिय भएर खट्ने उर्जा मिलेको बताए ।
बाँकी फ्रन्टलाइनरहरूले भोलि पनि खोप लगाउने छन् । यसअघि लुम्बिनी प्रदेशका लागि बुटवलमा रहेको प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री शंकर पोखरेलले खोप अभियानको सुरुवात गरेका थिए ।
पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले लगाएका थिए । लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताए ।
त्यस मध्ये सबै भन्दा बढी रुपन्देहीको लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ । बाँकेको लागि १७ हजार ९० डोज उपलब्ध छ । त्यसैगरी दाङमा ६ हजार ५ सय ९०, कपिलवस्तुमा ४ हजार ५ सय ४०, प्युठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६०, अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज खोप पठाइइएको छ ।
त्यसै गरी नवलपरासी पश्चिममा २ हजार ३ सय ८०, रुकुमपूर्वमा २ हजार ४०, गुल्मी ४ हजार १ सय ८०, पाल्पामा ५ हजार ४ सय ६०, प्युठानमा २ हजार ३ सय ६० र रोल्पामा २ हजार ४ सय २० डोज कोभिडविरुद्धको खोप पठाइएको छ ।

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_78JIWJzRRM_9bnmrxdyvetv4ngjhrltzg3yu6hgfhin9w8udcyqgye15nvprqajxschsept.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_2N2vQN2d3W_x31omgvstxeqfcw4w6fp0c47gft1d7yfun6amnsqqyioquuyywtt234zaazy.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

प्रतिक्रिया