सानादेखि ठुला व्यवसायमा प्रयोग भइरहेको क्यूआर कोड प्रविधिको नियमन गर्न तात्यो राष्ट्र बैंक
काठमाडौं : खुद्रा पसल होस् वा सुपरमार्केट । तरकारी पसल होस् वा ठूला फार्म हाउस । चिया पसलमा होस् वा रेस्टुरेन्ट । अहिले अधिकांश व्यवसायमा क्यूआर कोडमा आधारित भुक्तानी प्रणाली प्रयोग भइरहेको छ । तर, अचम्म के छ भने छ्यापछ्याप्ती प्रयोग भइरहेको क्यूआर कोडमा आधारित भुक्तानी प्रणाली कतिको सुरक्षित छ, त्यसको लेखाजोखा सरकारसँग छैन ।
दुई वर्षअघि भुक्तानी सेवा प्रदायक कम्पनी फोन पेले नेपालमा क्यू आर कोडमा आधारित भुक्तानी सेवाको सुरुवात गरेको थियो । अहिले बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूले क्यू आर कोडमा आधारित भुक्तानी सेवा सञ्चालन गरिसकेका छन् । तर, राष्ट्र बैंकले बल्ल क्यू आर कोडमा आधारित भुक्तानी सेवालाई नियमन गर्न मापदण्डको मस्यौदा तयार पारेको छ ।
कोभिड-१९ को संक्रमण फैलिएपछि इन्टरनेट र प्रविधिमा आधारित व्यवसायको प्रयोग बढेको छ । वस्तु तथा सेवा खरिदका लागि सजिलो माध्यमको रुपमा क्यू आर कोडमा आधारित भुक्तानी प्रणालीको प्रयोग बढिरहेको छ । बन्दाबन्दीको समयमा किनमेलका लागि घरबाहिर निस्कन नमिल्ने असहज परिस्थितीमा ई-कमर्शको प्रभावकारीता बढ्यो । यससँगै प्रयोगमा आउने भुक्तानी प्रणालीमा पनि क्यू आर कोड छिटो र सजिलो मानिएको छ । तर, पैसाको कारोबार हुने प्रविधिमा राष्ट्र बैंकको नियमन छैन ।
राष्ट्र बैंकले भर्खरै मस्यौदा गरेको मापदण्डमा कन्द्रिय बैंकको अनुमति पाएका भुक्तानी सेवा प्रदायकले मात्रै क्यू आर कोड प्रयोग गर्न पाउने उल्लेख छ । त्यस्ता कम्पनीले राष्ट्र बैंकले नतोकेसम्म क्यू आर कोड प्रयोगमा कुनै शुल्क लिन नपाउने उल्लेख छ ।
यस्तो छ मापदण्डको मस्यौदा

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले ग…

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा उमाकान्त शर्मा, निर्वाचित हुने अन्य पद…

भेडेटारको स्काइवाक पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीको पर्यटनमा लगानी गर्न…

प्रतिक्रिया