बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

बैशाखको निर्वाचनको लागि सबै तयारी अवस्थामा रहनु : अर्थमन्त्री पौडेल

फाइल तस्बिर

काठमाडौँ : नेकपाका नेता एंव अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वैशाखमा हुने निर्वाचनका लागी सबैलाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् । बुटवल उपमहानगरपालिका ११ स्थित देवीनगर र बुद्धनगर जोड्ने (तिनाउ नदी पुल) को उद्घाटन गर्दै मन्त्री पौडेलले सरकार जनताको सुखदुखमा साझेदारी गर्दै अघि बढेको बताउदै निर्वाचनका लागी तयारी रहन आग्रह गरेका हुन् ।  

अर्थमन्त्री पौडेलले अबको समयमा सरकारका कामसँगै विकास निर्माणलाई पनि प्रभावकारी ढङ्गले अघि बढाउने प्रतिबद्धता जनाउँदै त्यसमा साथ दिन सबैलाई आग्रह गरे । मन्त्री पौडलले नेपाल र नेपालीको  प्रमुख समस्याको रुपमा रहेको सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या अब चाँडै स्याथी रुपमा नै समाधान गर्ने पनि बताए । 

११ करोड ९३ लाख ८४ हजार ७३० कुल लागतमा निर्माण सम्पन्न भएको पुलको निर्माण कार्य विसं २०७२ असार ३० गते शुरु भई २०७६ माघ ५ गते सम्पन्न भएको थियो ।  पुलको लम्बाइ ११० मिटर र चौडाइ ११ मिटर रहेको छ । पुल सम्पन्न भएसगैँ बुद्धनगर, रानीगञ्ज, मोतीपुर र सेमला लगायतका क्षेत्रका नागरिकहरुलाई बुटवल आवत जावतमा सहजता भएको छ ।