सामसङको ग्यालेक्सी ए जीरो टू सार्वजनिक, के-के छन् फिचर

काठमाडौं : विश्वचर्चित स्मार्टफोन कम्पनी सामसङले आफ्नो ग्यालेक्सी सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । ग्यालेक्सी ए जीरो टू नाम दिइएको यो स्मार्टफोनलाई विश्व बजारमा प्रस्तुत गरिएको हो ।
यो स्मार्टफोनलाई ड्युअल रियर क्यामरा सेटअपका साथमा बजारमा ल्याइएको छ ।
डिस्प्ले र सफ्टवेयर
ड्युअल सीमको सुविधा भएको स्यामसङसँग ग्यालेक्सी ए जीरो टू स्मार्टफोनमा ६.५ इञ्चको एचडी प्लस (७२० बाइ १५६० पिक्सल) डिस्प्ले राखिएको छ ।
र्याम, स्टोरेज र प्रोसेसर
यो फोनमा स्पीड र मल्टिटास्किङका लागि १.५ गीगाहर्ट्ज़ मिडियाटेक एमटी ६७३९ डब्ल्यू क्वाड-कोर प्रोसेसरको साथमा ग्राफिक्सका लागि पावरभीआर रग जीइ८१०० जीपीयूको प्रयोग गरिएको छ । फोनमा २ जीबी/३ जीबी र्याम र ३२ जीबी/६४ जीबी स्टोरेज भेरियन्ट राखिएको छ । रिएंट है। स्टोरेजलाई माइक्रो एसडी कार्डमार्फत १ टीबीसम्म बढाउन सकिन्छ ।
क्यामरा
यो स्मार्टफोनको पछाडी भागमा ड्युअल रियर क्यामरामरा सेटअप गरिएको छ । यसको प्राइमरी क्यामरा सेन्सर १३ मेगा पिक्सलको छ । यसको एपर्चर एफ/१.९ छ । साथमा २ मेगापिक्सलको म्याक्रो क्यामरा सेन्सर राखिएको छ । जसको एपर्चर एफ/२.४ छ । यसको ब्याक प्यानलमा एलईडी फ्ल्यास पनि छ । सेल्फीका लागि फ्रन्टमा पाँच मेगापिक्सलको क्यामरा सेन्सर राखेको कम्पनीले जानकारी दिएको छ ।
ब्याट्री क्षमता
सामसङ ग्यालेक्सी ए जीरो टू स्मार्टफोनमा ५००० एमएएचको ब्याट्री छ । यसले ७.७५ वाटसम्म चार्जिङ सपोर्ट गर्छ । सामसङले यो स्मार्टफोनलाई सार्वजनिक गरेपनि यसको बिक्री भने खुलाएको छैन । साथै यसको मुल्य पनि तोकिएको छैन ।

वैदेशिक सहायता परिचालन : शोधभर्ना समयमै उठ्दैन, आयोजना व्यवस्थापनमा पनि अनेक…
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_dQbC098gcT_qmiqm7u6kaaklozqm534hm979pqjrpnuostuy0kit7gsyumverypgugmpjz7.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

प्रतिक्रिया