प्रदेश १ मा पनि लगाउन सुरु गरियाे काेभिड-१९ विरुद्धकाे खाेप

काठमाडौं : प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यको सुरुवात गरेका छन् । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दास र वरिष्ठ फिजिसियन चिकित्सक डा. दीपक सिग्देललाई खोप लगाएर सुरुवात गरिएको हो।
प्रदेशका आठ जिल्लाका आज १९ वटा खोप केन्द्रमा खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार आज झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम र तेह्रथुमका २८ हजार ५०६ जनालाई खोप लगाउने लक्ष्य छ । मोरङमा पाँच, सुनसरीमा चार, झापा र इलाममा तीन÷तीन र अन्य जिल्लामा एक÷एक वटा केन्द्र निर्धारण गरिएको जानकारी दिए ।
खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालीम दिई सकिएकाले आठ जिल्लाका १९ वटै केन्द्रमा कार्यक्रम सुरु भएको छ । बिहीबार चार र शुक्रबार दुई जिल्लामा खोप कार्यक्रम शुरु हुने बस्नेतले जानकारी दिए ।
मन्त्री कार्कीले खोप कार्यक्रमको उद्घाटन गर्दै जनताको स्वास्थ्य सुरक्षाप्रति सरकार सचेत रहेको छ भन्दै आगामी केही दिनभित्र थप जनताका लागि खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले कोरोनाबाट प्रदेशमा अत्यन्त कम मानवीय क्षति कम गर्नका लागि यस क्षेत्रका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको योगदानको प्रशंसा गरे ।
कोभिडविरुद्धको खोप लगाइसकेपछि कोशी अस्पतालका वरिष्ठ फिजिसिजन सिग्देलले खोप सुरक्षित रहेकाले डराउनु नपर्ने बताए। उनले कोभिसिल्ड ७० प्रतिशत प्रभावकारी रहेको बताए । पहिलो खोप लगाएको २८ दिनपछि दोस्रो खोप लगाए पाँच महिनासम्म सुरक्षित रहन सकिने उनको भनाइ छ । प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाइकर्मीसहित ३५ हजार ५७६ लाई खोप लगाइँदैछ ।

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_L9vkdM3ovv_ufpyjvqqjeuvsmalzxxdif2nk27i2cteluljf2yjvo71tvio47y2v7qmu8gb.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया