अविश्वासको प्रस्ताव पारित गर्न एजेण्डा मिल्ने दलसँग सहकार्य हुन्छ : आचार्य

विराटनगर : नेकपा (दाहाल-नेपाल समूह)का प्रदेश-१ का इन्चार्ज भीम आचार्यले प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्ताव पारित गर्न राजनीतिक एजेण्डा मिल्ने दलहरूसँग सहकार्य हुने बताएका छन् । ‘राजनीतिक एजेण्डा मिलेका र संसद्मा भएका दलसँग मिलेर अविश्वासको प्रस्ताव पारित गर्ने छौं,’ उनले भने ‘पहिला अविश्वास प्रस्ताव पारित गराउने छौं । त्यसपछि सत्ता साझेदारीबारे छलफल हुन्छ ।’
उनले अविश्वासको प्रस्ताव पारित भएपछि कांग्रेसँग पनि मुख्यमन्त्री लिने/दिने विषयमा छलफल हुने बताए । पार्टीको प्रदेश समितिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा विपक्षी दलसँग आफूले छलफल जारी राखेको आर्चायले वताए ।
राजनीतिक परिवेशमा असंवैधानिक कदमको विरोधमा रहेको कांग्रेसले अविश्वासको प्रस्तावको पक्षमा मत दिने उनेको दाबी थियो । नेकपाले माघ १६ गते विराटनगरमा पार्टीका अध्यक्षको उपस्थितिमा जनप्रदर्शन गर्ने र त्यसको तयारी पूरा भएको नेकपा प्रदेश अध्यक्ष घनेन्द्र बस्नेतले जानकारी दिए । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया