पोखरीमा भेटियो दाजुभाइको शव

सिरहा : सिरहामा दाजुभाइको शव एक पोखरीमा फेला परेको छ । जिल्लाको नरहा गाउँपालिका ३ खोरिया टोलका गुलजार शेखका १० वर्षीय छोरा अनजार र ८ वर्षीय छोरा एहसानको शव पोखरीमा तैरिरहेको अवस्थामा सोमबार साँझ फेला परेको हो।
सिरहा प्रहरीले दिएको जानकारी अनुसार सोमवार दिउंसो करीब अढाई बजेदेखि बेपता रहेको ती दुवै दाजुभाइको शव घरदेखि करिव ७÷८ सय मिटर पश्चिमतर्फ रहेको पोखरीमा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय मिर्चैका डिएसी सन्तुलाल जयसवालले माछामार्ने वा नुहाउन क्रममा दाजुभाइ पोखरीमा डुबेको वा कसैले हत्या गरेर फालेको हुनसक्ने आशंका गरे। घटनाकोबारेमा थप अनुसन्धान भइरहेको उनले बताए।

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

माइलेज च्याम्पियन सकियो, चन्देश्वर सिंह विजयी

परेन पानी, भएन रोपाइँ

मधेस सरकारले मलखाद समयमै उपलब्ध गराउनुपर्छः कांग्रेस सभापति यादब

सिरहामा एक युवकको शव फेला, हत्याको आशंका

प्रतिक्रिया