तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाउँछौ : ओली

काठमाडौँ : कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप लगाउने बताएका छन् । बालुवाटारमा कोभिड-१९ विरुद्धको खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाउने बताएका हुन् ।
सबै नेपालीलाई निःशुल्क कोभिड-१९ विरुद्धको खोप लगाउने पनि प्रधानमन्त्री ओलीको भनाई छ । कोभिड-१९ रोकथाममा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्री ओलीले अब खोप लगाउने काममा पनि अग्रसरता लिन जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई लगाइने भएपनि दोस्रो चरणमा सबै नेपालीलाई खोप लगाइने प्रधानमन्त्री ओलीले बताए ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया