२ वर्षीया छोरीको घाँटी थिचेर हत्या
अर्घाखाँची : अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । शितगङ्गा–२, झिर्रामा स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नी दुई वर्षीया छोरी सृष्टि घिमिरेको डोरीले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी रामनारायण गुप्ताका अनुसार घरमा बाबुछोरी मात्र भएको अवस्थामा प्लास्टिकको डोरीले घाँटी थिचिएको पाइएको छ । इलाका प्रहरी कार्यालय ठाडाको टोलीले हत्या अभियोगमा घिमिरेलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ । केही समयदेखि श्रीमानसँगको विवादले उनकी श्रीमती माइतमा बस्दै आएकी थिइन् । रासस

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

प्रतिक्रिया