आर्मीलाई एपीएफले हरायो, पुलिस र वालिङ बराबरीमा रोकिए

काठमाडौं : राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा साविक विजेता एपीएफले लगातार तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै एपीएफले तेस्रो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन अन्जली कुमारी योन्जन र सरु लिम्बुले एक/एक गोल गरे । बलियो टिम आर्मीविरुद्ध एपीएफले दुबै गोल पहिलो हाफमा गरेको थियो । जितसँगै एपीएफले ३ खेलमा ९ अंक जोडेको छ ।
एपीएफ तालिकाको शीर्ष स्थानमा रहेको छ । आर्मीको यो पहिलो हार हो । आर्मी ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । त्यस्तै मंगलबार नै भएको अर्को खेलमा पुलिसले स्याङ्जाको वालिङ नगरपालिकासँग १-१ गोलको बराबरी खेल्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ दुबै टोलीले गोल गरेका थिए ।
विदेशी खेलाडी मिथो रुथले ५३ औं मिनेटमा गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् । तर, खेलको ६५ औं मिनेटमा रेखा पौडेलले पुलिसका लागि बराबरी गोल फर्काईन् । बराबरीसँगै पुलिसले ३ खेलमा ५ अंक जोडेको छ । वालिङको यो दोस्रो बराबरी हो । वालिङले ३ खेलमा २ अंक जोडेको छ ।

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

साउदी लिगमा अल नासर पराजित

प्रतिक्रिया