माउन्ट केटुको आरोहण गरेर कीर्तिमान राखेको नेपाली टोली स्वदेश फर्कियो

काठमाडौं । विश्वकै दोस्रो अग्लो हिमाल पाकिस्ताको मान्ट केटुको सफलतापूर्वक आरोहण गरे कीर्तिमान कायम गरेको नेपाली टोली नेपाल फर्किएको छ । आरोही निर्मल पुर्जासहितको १० जनाको टोली आज (मंगलबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । उनीहरुले गत माघ ३ गते माउन्ट केटुको सफल आरोहण गरेका थिए ।
उनीहरुलाई आज बिहान ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का प्रतिनिधिहरुले स्वागत गरेका थिए । हिउँदयाममा केटु चढेर उनीहरुले कीर्तिमान राखेका हुन् । उनीहरुको टोलीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीलगायतले पाकिस्तानी सरकारको तर्फबाट बधाई दिए थिए । केटु हिमालको उचाइ आठ हजार ६ सय ११ मिटर छ ।
आरोहीहरु निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले केटुको सफल आरोहण गरेका हुन्। उनीहरु मध्ये मिङ्माजी शेर्पाले भने अक्सिजनविना नै सफल आरोहण गरेका हुन् । सरकारले पनि आरोहीहरुलाई स्वागत तथा सम्मान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १० जनालाई बधाई दिँदै आगामी दिनमा हिमाल आरोहणमा जानु अघि जानकारी गराए सरकारले सहयोग गर्ने पनि बताए ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया