शुक्रबार १६ साउन, २०८२
Friday, August 01, 2025

अध्यक्ष पोखरेललाई पाँच हजार जरिवाना

काठमाडौँ  : राष्ट्रिय सूचना आयोगले नेपाल खुला विश्‍वविद्यालय पदपूर्ति समितिका अध्यक्ष राजकुमार पोखरेललाई पाँच हजार जरिवानाको आदेश गरेको छ । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली  र रत्‍नप्रसाद मैनालीसहितको सोमबारको इजलासले अध्यक्ष पोखरेलाई छ हजार जरिवाना गर्ने आदेश दिएको हो । 

पोखरेलले सूचना नदिएको जनाउँदै सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ (१) बमोजिम आयोगले जरिवानाकफो फैसला गरेको हो । सो दफाको सजाय तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्थामा सूचना नदिने प्रमुख वा सूचना अधिकारीलाई एक हजारदेखि पच्चीस हजारसम्म जरिवाना हुने, विभागीय कारवाहीको लागि सम्बन्धित निकायमा लेखि पठाउने, सूचना दिन ढिलाइ गरे प्रति दिन दुई सयको दरले निजलाई जरिवाना हुनेछ भन्‍नेलगायतको प्रावधान  छ ।

सिन्धुपाल्चोका रामप्रसाद दाहालले दिएको पुनरावेदनको आधारमा सो निर्णय गरेको आयोगका सूचना अधिकारी विश्‍वबन्धु पौडेलले जानकारी दिए ।  दाहालले विसं २०७६ असारमा खुला विश्‍वविद्यालयले शिक्षण तर्फको (करार) पदपूर्ति अन्तर्गत विकास व्यवस्थापन तथा प्रशासन विषयको उप-प्राध्यापकको पदमा दिएको परीक्षाको उत्तर पुस्तिकाको प्रमाणित प्रतिलिपी मागेका थिए । ऐनले तोकेको समयसीमा पनि सूचना नपाएपछि दाहालले कार्यालय प्रमुख हुँदै आयोगमा पुनरावेदन दिएका थिए । (रासस)