वर्षाले छाडिन् ‘सुदूर’, यस्तो छ उनको फिल्म छाड्ने इतिहास

काठमाडौं : कोरोना भाइरसको महामारीले पनि फिल्म निर्माताको फिल्म बनाउने जोसलाई मथ्थर पार्न सकेको छैन । सुटिङ गरेका फिल्म हलमा लाग्छन् कि लाग्दैनन् टुंगो छैन तर निर्माता फिल्म बनाउन कस्सिएकै छन् । योसँग बजारमा कलाकार इन आउटको शृंखला सुरु भएको छ । तर, जहाँ इन आउटको कुरा हुन्छ त्यहाँ वर्षा सिवाकोटीलाई कसले जित्न सक्छ ?
वर्षाले भर्खरै पनि रमेश बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘सदूर’ छाडेको खबर छ । निर्देशक रमेश बुढाथोकीले वर्षाले फिल्म छाडेको पुष्टि गर्दै फिल्म छाड्ने कारण भने वर्षालाई नै सोध्न आग्रह गरे । ‘हो, उहाँसँग काम गर्नेगरि हामीले १ वर्ष अघि नै सम्झौता गरेका थियौं । तर, किन छाड्नु भयो उहाँलाई नै सोधौं,’ बुढाथोकीले भने ।
रमेश बुढाथोकीले अघिल्लो सालको जाडो अगावै यो फिल्मको सुटिङ गर्ने चर्चा थियो । तर, विविध कारणले फ्लोरमा जान सकेका थिएन । उनले फिल्मको बाँकी कुराको टुंगो नभएकाले यो विषयमा पछि मात्र बोल्ने बताए ।
साइन गर्दै छाड्दै
वर्षा सिवाकोटी फिल्म साइन गर्दै छाड्नमा माहिर छन् । उनले हतारमा फिल्म साइन गर्ने र फुर्सदमा छाड्ने गरेकी छिन् । वर्षाले यो सिलसिला सुरु गरेकी थिइन् रोज राणाको फिल्म ‘मेरो पैसा खोई’ बाट । सुरुमा वर्षाले यो फिल्म साइन गरेका समाचार आएका थिए तर पछि उनले सो फिल्म छाडेकी थिइन् । पछि उनको ठाउँमा वर्षा राउतले सो फिल्ममा अभिनय गरेकी थिइन् ।
‘रानीमहल’को धुमधामसित पाँचतारे होटलमा घोषणा हुँदा वर्षाले दंग परेर फिल्म र चरित्रको बखान गरेकी थिइन् । तर, पछि सुटिङमा जानु अगावै उनले फिल्म छाडिन् । उनले छाडेको भूमिका निकिता चाण्डकले गरेकी थिइन् । भलै त्यो फिल्म बीचैमा अड्कियो ।
वर्षाले साइन गरेर छाडेको फिल्ममा ‘गोपी’ पछि पर्छ । यो फिल्म पनि उनले साइन गरेसकेपछि छाडेकी थिइन् । उनले छाडेको ठाउँमा फेरि वर्षा राउतले नै अभिनय गरेकी थिइन् । वर्षाले कहिले भूमिका चित्त नबुझेको त कहिले भनेको समयमा सुटिङ नभएको भन्दै फिल्म छाड्ने गरेकी छिन् ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया