मर्लिन मुनरोको बोली सिक्न मात्र एनालाई लाग्यो नौ महिना

लसएन्जल्स : क्युबान अभिनेत्री एना डे आरमस अघिल्लो हप्तादेखि बेन एफलेकसँगको ब्रेकअपको समाचारले चर्चामा छिन् । १ वर्ष लामो उनीहरूको सम्बन्ध सहमतिमै सकिएको समाचार आएका छन् । कामको खबरलाई व्यक्तिगत खबरले जित्नु राम्रो होइन । यही भएर होला ब्रेकअपको खबरबाट मानिसको ध्यान मोड्न एनाले कामको चर्चा सुरु गरेकी छिन् ।
‘ब्लेड रनर २०४९ र ‘नाइभ्स आउट’बाट हलिउडमा धाम जमाएकी एना चाँडै नै मर्लिन मुनरोको बायोपिकमा देखिँदैछिन् । ‘ब्लन्ड’ शीर्षकको यो फिल्म नेटफ्लिक्समा सार्वजनिक हुने तरखरमा छ ।
तर, यो फिल्मका लागि एनाले ९ महिना लगाएर मुनरोको बोल्ने शैली सिकेकी थिइन् । ‘ मलाई मुनरोको लवज सिक्न र अभ्यास गर्न ९ महिना लागेको थियो,’ उनले भनेकी छिन्, ‘मेरा लागि यो टर्चर थियो र थकित बनाउने पनि । दिमागले काम गर्न छाडेको थियो ।’
उनले आजको आँखाबाट मुनरोको उपलब्धि हेर्दा प्रेरणादायी रहेको पनि बताएकी छिन् । ‘आज पनि महिलालाई फिल्म उद्योगमा काम गर्न सजिलो छैन । परिवारको साथ छैन र पृष्ठभूमि पनि गतिलो छैन भने यहाँ टिक्न एकदमै गाह्रो छ । तर, मुनरोले लामो यात्रा तय गरेकी थिइन्, उनले भनेकी छिन् ।
एनाले यो फिल्मका लागि धेरै पटक अडिसन दिएको पनि बताएकी छिन् । नेटफ्लिक्सले यो फिल्म यही वर्ष वा अर्को वर्षको गर्मी समयमा रिलिज गर्ने अनुमान गरिएको छ ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया