मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

सामसङ डिजिटल प्लाजा अब गाईघाटमा

काठमाडौं : हिम इलेक्ट्रोनिक्स प्रालि नेपालमा सामसङ इलेक्ट्रोनिक्स र घरेलू उपकरणहरूको आधिकारिक वितरकले, उदयपुरको गाईघाटमा १२औं सामसङ डिजिटल प्लाजाको उद्घाटन गरेको छ । सामसङ उत्पादनकालागि ग्राहकहरूको बढ्दो माग र अत्याधुनिक बिक्री काउन्टरहरूलेहिम इलेक्ट्रोनिक्सलाई विद्यमान सामसङ प्लाजाको नेटवर्क विस्तार गर्न प्रेरित गरेको हो ।

हिम इलेक्ट्रोनिक्स प्रालिले गाईघाटमा पूर्ण सुविधायुक्त नयाँ शोरूम कालिका सप्लायर्स् एण्ड ट्रेडर्सको उद्घाटन गरेको छ । शोरूमको उद्घाटन ११ माघमा आयोजित एक कार्यक्रमको बीच हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापाले गरेका थिए । सामसङ प्लाजाले आफ्ना ग्राहकहरूलाई विभिन्न तरिकाहरू मार्फत सुविधा पुर्‍याइरहेको छ ।

नयाँ प्लाजाको बारेमा हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापाले भने, ‘हामी हाम्रो नयाँ सामसङ्ग डिजिटल प्लाजा उदयपुरको गाईघाटमा सुरु गर्न पाउँदा खुसी छौं । यो विस्तारसँगै गाईघाटका ग्राहकहरु धेरै किसिमले लाभान्वित हुनेछन् भन्‍ने हाम्रो विश्वास छ ।’

सामसङ डिजिटल प्लाजामा सामसङका अविश्वसनीय दायराका सबै उत्पादनहरू –एलईडी टिभी, फ्रिज, वाशिङ मेसिन, माइक्रोवेभ ओभन र मोबाइल फोनहरु उपलब्ध छन् । यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यकाभित्र रहेका ६ वटा सामसङ  डिजिटल प्लाजा र उपत्यकाबाहिर विभिन्न स्थानमा रहेका पाँचवटा सामसङ्ग डिजिटल प्लाजामार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदानगर्दै आइरहेको छ । यस कम्पनी देशभरका ग्राहकहरुलाई सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवाप्रदान गर्न प्रतिबद्ध रहेको छ । प्लाजा उद्घाटनको अवसरमा शोरूमले ग्राहकहरुलाई विशेष ओपनिंग अफरहरु पनिदिएको थियो ।