४०० रुपैयाँले उकालो लाग्यो सुनको भाउ

काठमाडौं : स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा ४०० रुपैयाँले वृद्धि भई ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तोलामा ९१ हजार ९०० मा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । तोलामा एक हजार २६० मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार २५५ मूल्य निर्धारण भएको छ । रासस

वैदेशिक सहायता परिचालन : शोधभर्ना समयमै उठ्दैन, आयोजना व्यवस्थापनमा पनि अनेक…
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_dQbC098gcT_qmiqm7u6kaaklozqm534hm979pqjrpnuostuy0kit7gsyumverypgugmpjz7.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

प्रतिक्रिया