मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै

काठमाडौँ : ६९ औं‌ अन्तर्राष्ट्रिय भन्सार दिवस आज विभिन्न कार्यक्रम गरी मनाईदैछ । विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक वर्षको जनवरी २६ का दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउन थालिएको हो ।

भन्सार दिवसको अवसरमा काठमाडौँको होटल हिमालयमा कार्यक्रमको आयोजना गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा लगायतको सहभागिता छ । 

दिवसको अवसरमा भन्सार विभागले आज नेपाल राष्ट्रिय एकद्वार प्रणाली सार्वजनिक गर्दैछ ।

सबै फोटो : सुजल बज्राचार्य