डिभिजन वन तनहुँद्वारा पाँच पक्राउ

तनहुँ : डिभिजन वन कार्यालय तनहुँले विभिन्न मुद्दाका पाँच जनालाई पक्राउ गरेको छ । सालको चिरान काठसहित दुई जनालाई सोमबार पक्राउ गरिएको सो कार्यालयले जनाएको छ । व्यास नगरपालिका-१ निवासी हर्क थापा र व्यास-१३ निवासी देउबहादुर आलेलाई पक्राउ गरिएको हो ।
व्यास-१ स्थित देउबहादुर आलेको श्रीराम फर्निचर उद्योगबाट १३०.२ क्यूफिट सालको चिरान काठ बरामद गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।
त्यसैगरी गैँडाको छाला र चित्तलको सिङ ओसारपसार कार्यमा संलग्न जिल्लाको बन्दीपुर-६ निवासी कृष्णबहादुर गुरुङ र विमल गुरुङलाई पक्राउ गरिएको छ । उक्त कार्यमा संलग्न वीरेन्द्र गुरुङ भने हालसम्म फरार रहेको उनले बताए । त्यस्तै बिनालाइसेन्स काठ ओसारपसार मुद्दामा जिल्लाको बन्दीपुर गाउँपालिका-२ ढाबटार निवारी हिमबहादुर चुमी मगरलाई पक्राउ गरिएको छ ।
निजमार्फत सालको ३८.७४ र बर्रोको ६८.९९ क्यूफिट काठ बरामद गरिएको हो । उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । पक्राउ परेका उनीहरुलाई वन कार्यालयको हिरासतकक्षमा राखेर थप अनुसन्धान भइरहेको डिभिजन प्रमुख काफ्लेले बताए । रासस
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_DYeRyqulfY_amqxumvg9c8dsvvan66yt7tvydntzoqmja20pj9msgqw3k4fumwg5xfkkco5.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया