नेपाली सेनाको आधुनिकिकरणमा भारतको योगदान : थापा

काठमाडौँ : ७३ औं भारतीय सेना दिवसको अवसरमा काठमाडौँमा पनि एक कार्यक्रमको आयोजना गरिएको छ । गएको बुधबार काठमाडौंस्थित भारतीय दुतावासमा आयोजित कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा पनि सहभागि थिए ।
थापा भारतीय सेनाका मानार्थ महारथी तथा ‘प्रसिद्घ प्रवल जनसेवा श्री’ बाट पनि सम्मानित भइसकेका हुन् । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतीय र नेपाली सेनाबीच ऐतिहासिक सम्बन्ध रहेको र यसले दुवै देशलाई भातृत्व सम्बन्धको कसिलो बन्धनमा बाँधेको बताए ।
यस्तै नेपाली सेनाका प्रधान सेनापति थापाले भारतीय सेना दिवसको अवसरमा भारतीय सेना प्रमुख जनरल एमएम नरवणेलाई शुभकामना सन्देश दिए । उनले भारतीय सेनाको वीरता, साहस र त्यागको प्रशंसा गर्दै भारतीय सेनाले नेपाली सेनाको आधुनिकिकरणमा पुर्याएको सहयोगको सराहना गरेका थिए ।
बर्थडे मनाउने गएका गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना समातिए

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आजको मौसमः तराई मधेसका भू-भागमा भारी वर्षा हुने

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

पानी उमालेर मात्र पिउन उपभोक्तालाई काठमाडौं महानगरको आग्रह

प्रतिक्रिया