शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

टोटेनहम एफए कपको पाँचौ चरणमा

काठमाडौँ : एफए कप फुटबलमा टोटेनहम विजयी भएको छ । सोमबार राति भएको खेलमा क्लब वाइकम्ब वान्डरसलाई ४-१ गोल अन्तरले पराजित गर्दै टोटेनहमले जित निकालेको हो ।

टोटेनहमका लागि बेल, ह्यारी विंक्सले एक एक गोल गर्दा टानगाइ एनडोम्बेले दुई गोल गरे । जितसँगै टोटेनहम पाँचौ चरणमा प्रवेश गरेको छ ।