प्रदेश-१ मा नेकपाका दुवै समूह कांग्रेस फकाउँदै

विराटनगर : गएको बुधवार ३ मिनेट चलेर प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित भएपछि प्रदेश-१ को राजनीति सेलाएको छ । प्रदेश सभा स्थगन भएपछि सांसदहरू जिल्ला तिर लागेका छन् ।
मुख्यमन्त्री शेरधन राई आइतबारमात्र वैवाहिक बन्धनमा बाधिएका छन् । काठमाडौँमा विवाह गरेका उनले माघ १६ गते प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना आदान–प्रदान र विवाह भोजको आयोजना गरेका छन् ।
मुख्यमन्त्री नै विवाहमा व्यस्त भएपछि ओली समूहको विराटनगरमा सकृयता कम भएको छ भने, दाहाल-नेपाल समूहका नेताहरू पनि आफ्नै निर्वाचन क्षेत्रतिर लागेका छन् । नेपाली कांग्रेस पनि केन्द्रको निर्णय नआएका कारण मैन देखिएको छ ।
पुस १२ गते दाहाल-नेपाल समूहले आफ्नै पार्टी नेकपाका ओली समूहका मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव गर्दा गराएका थिए । त्यसपछि प्रदेश सरकारको संरचनाबारे विभिन्न कोणवाट टिप्पणी भइरहेको छ ।
नेकपामा देखिएको विभाजनसँगै प्रदेशमा दुवै समूहलाई कांग्रेसको सहयोग आवश्यक पर्छ । दुवै समूहले विपक्षी दलका नेता राजिव कोइरालालगायतसँग पटक-पटक अनौपचारीक कुरा गरिरहेका छन् । तर कांग्रेस नेताहरूले पार्टीको केन्द्रबाट निर्णय नआएसम्म बचन दिन नसकिने बताएपछि दुवै समूहका नेताहरू कांग्रेसको केन्द्रीय नेताहरूसँग लविङ गरिरहेका छन् ।
दुवै समूहले सकभर आफ्नो पक्षमा केन्द्रबाट निर्णय गराउन प्रदेशबाट कांग्रेस केन्द्रीय समितिमा रहेका नेताहरूलाई फकाइरहेका छन् । ‘निकै समय भयो । हामीसँग कुरा भएको छैन्,’ कांग्रेस प्रदेश दलका नेता कोइरालाले भने, ‘उहाँहरू केन्द्रीय नेताहरूतिर सोझिनु भएको होला । हामी पनि केन्द्रकै निर्णय कुरिरहेका छौं ।’
प्रदेश-१ को सरकारबारे कांग्रेसको केन्द्रमा पनि दुइ धार देखिएको छ । पार्टी संस्थापन प्रधानमन्त्री केपी शर्मा ओली समूहप्रति नरम देखिएको छ भने नेता रामचन्द्र पौडेल समूह (दाहाल–नेपाल समूह)प्रति नरम छ ।
शनिबार विराटनगर आएका कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रदेशमा अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्नु पर्ने बताएका थिए ।
प्रदेश-१ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट छ । तत्कालीन एमालेका ५१, माओवादी केन्द्रका १६ गरी ६७ हुन्छ । जनता समाजवादीका ३, राप्रपा १ र संघीय लोकतान्त्रिक मन्चको १ सिट छ । प्रदेशमा सरकार बनाउन ४७ सिट आवश्यक पर्छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया