प्रदेश १ मा आइपुग्यो कोरोना भाइरसविरुद्धको खोप

विराटनगर : कोरोना भाइरसविरुद्धको खोप विराटनगर आइपुगेको छ । भारत सरकारको सहयोगमा आएको उक्त खोप प्रदेश १ का लागि आएको हो । । पहिलो चरणमा प्रदेश १ का १४ जिल्लालाई ९६ हजार डोज खोप आइपुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार माघ १३ गते बेलुकासम्म प्रदेशका जिल्लाहरुमा आवश्यकता अनुसार खोप पुर्याउइने छ।
प्रदेशका प्रत्येक जिल्ला अस्पताल र केही ठूला अस्पतालहरुबाट पहिलो चरणमा कोरोना महामारीकाबीच अग्रभागमा रहेर क्रियाशील स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई कोरोनाविरुद्धको खोप लगाउने प्रदेश सरकारको योजना छ । प्रथम चरणमा ३५ हजार ५ सय ७६ जना लक्षित जनशक्तिलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईँले बताए ।
पहिलो पटक खोप लगाइसकेका व्यक्तिले १ महिनापछि पुनः दोश्रोपटक खोप लगाउनुपर्ने भएकाले प्रदेशलाई हाल कुल ७१ हजार १ सय ५२ डोज खोप आवश्यक पर्छ । कोरोनाविरुद्धको खोप विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा भण्डारण गरिएको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_kenoyA7bOi_prbmif8ymiscwtxh8i19vjw1t3nrixalo0ustydub9gsnroywsfj3ac8bq7y_9e10PVHV8h_ryyhbn4wci48potrstufbgcr2gk0ektbaz1sctdraffsarntsihe7aujbz44_YhXdfIUTAj_iaiqwzihn2gu6owbfdikojz6asf5b9zof9kuxsfglwtvbgv6znmfxgqqjpb9.jpg)
सप्तकोसी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक

आकर्षक पर्यटकीय गन्तव्य बन्दै खार्तम्छाको ‘छाँगे झरना’

यातायात कार्यालयको राजस्व सङ्कलन बढ्यो

पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ८८ प्रतिशत

पुवा खोलामा बेलिब्रिज निर्माण, ३६ किमी दुरी छोटियो

मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते
खोक्सिकमा केन्द्रीय विद्युत्को पहुँच

प्रतिक्रिया