संक्रमितलाई सङ्क्रमितबाटै टीका

तुलसीपुर : दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमितलाई विजयादशमीको टीका र जमरा लगाइएको छ । अस्पतालका व्यवस्थापक द्रोण वलीसहितका स्वास्थ्यकर्मीले अस्पतालमै उउनहरूलाई टीका लगइ दिएका हुन।
संक्रमितले यस वर्ष दशैँ मनाउन नपाएकाले अस्पतालमै भए पनि टीका लगाइदिएको व्यवस्थापक वलीले बताए।“यस वर्ष कोरोनाले गर्दा दशैँको रौनक छैन, धेरै व्यक्ति अहिले कोरोना संक्रमित हुनुहुन्छ, त्यसैले दशैँ मनाउन पाउनु भएन”, उनले भने,“संक्रमितको थप आत्मबल वृद्धि गर्नका लागि पनि हामीले टीका लगाइदिएका हौे।” व्यवस्थापक वली आफैँ पनि कोरोना संक्रमित हुन् ।
आफूसहित अहिले अस्पतालमा १८ संक्रमित रहेको उनले बताए ।“ म आफैँ पनि कोरोना संक्रमित हुँ, अहिले अस्पतालमा म पनि उपचारकै क्रममा छु”, उनले भने।
अहिले पाँच जनालाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । पछिल्लो समय लक्षणसहितका संक्रमित देखिएका छन् । अहिले अस्पतालमा रहेका १८ जनालाई नै अक्सिजन दिनुपर्ने अवस्था रहेको व्यवस्थापक वलीले बताए । दशैँका समयमा पनि स्वास्थ्यकर्मी अहोरात्र खटिएको जनाइएको छ ।

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलद्वारा 'एसजीमुन ४.०' आयोजना गर्दै

नक्सालमा मास्टर सेफ साहको ‘जनकपुर फिस हाउस’

देशका अधिकांश भागमा वर्षा हुने

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

प्रतिक्रिया