प्रधानमन्त्री ओलीले दाहाललाई भने : सिङ फुक्लिसकेको तिल्के गोरुको फाँ, फू

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई सिङ फुस्किसकेको तिल्के गोरु भनेर कटाक्ष गरेका छन् । दाङमा भएको सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘धेरै फुर्तिफार्ति गर्ने तिल्के गोरु एक दिन बहरसँग जुधेपछि सिङ भाँचिएर हिँडे जस्तै भयो, यी तिल्केहरु पनि त्यस्तै हुन्,’ उनले भने, ‘यिनले फाँ फू गर्छन् यिनले (दाहाल) पनि फाँ फू गर्छन् तर, यिनका सिङ फुक्लिसके । उनीहरुसँग त अशान्ति मच्चाउने क्षमता पनि छैन । यिनीहरूले केही गर्न सक्दैनन्, धाक धक्कु नलाए हुन्छ । तिघ्रा नठटाए हुन्छ, खुट्टा भ्याट भ्याट नगरे हुन्छ ।’
ओलीले शाकाहारी आन्दोलन भनेर दाहालले धम्क्याइरहेको आरोप पनि लगाए । ओलीले अदालतप्रति भरोसा छ भन्नेले नै आफ्नो पक्षमा फैसला भएन भने शान्ति प्रक्रिया डिरेल हुन्छ भनेर किन भनेको भन्दै प्रश्न पनि गरे । ओलीले तोकिएकै समयमा निर्वाचन हुने भन्दै त्यसको तयारीमा लाग्न सुरक्षा निकायलाई निर्देशन पनि दिए ।
ओलीले दाहाल नेपाल समूहले देशलाई असफल बनाउन खोजेको आरोप पनि लगाए । ‘उनीहरू बैठकमा नआएर निर्वाचन आयोग गएर हामी नै आधिकारिक हौँ भने । दश दिनपछि गएर फेरि हामीले दाबी गर्नै पर्दैन भने त्यसपछि पनि गएर निर्वाचनको तयारी नगर्न भने,’ उनले भने, ‘केही मानिसहरू सरकारलाई असफल बनाउन लागेका छन् । पार्टी फुटाउन लागेका छन् । म असफल भएर केही हुँदैन । देश असफल हुनुहुँदैन ।’

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया