‘प्रकाश’मा प्रदीपको जोडी धनगढीकी रेनु योगी

काठमाडौं : प्रदीप खड्काले ‘प्रकाश’का लागि आफ्नो जोडी भेटेका छन् । निमार्ण टिमले धनगढीकी रेनु योगीलाई उनको अपोजिटमा फाइनल गरेकी हो । फागुन दोस्रो साताबाट फ्लोरमा जाने फिल्ममा प्रदीप खड्का पहिला नै अनुबन्ध थिए ।
निर्माण टिमले मुख्य अभिनेत्रीसँगै अन्य कलाकार अडिसनमार्फत छानेको हो । अभिनेता अनुप बरालले फिल्मको कास्टिङ गरेका थिए । लामो समयदेखि थिएटरका काम गर्दै आइरहेकी रेनुले सन् २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नाटकमा काम गरेकी थिइन् । त्यसबाहेक उनले दर्जन हाराहारी नाटक र लघु फिल्ममा काम गरेकी छिन् ।
दिनेश राउतले निर्देशन गर्ने सिनेमाले शिक्षक बन्न चाहाने एक युवाको संघर्ष कथा प्रस्ुतत गर्छ । फिल्मको जुम्लामा ४५ दिन लगाएर सुटिङ हुने निर्माण टिमले जनाएको छ । बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् । सिनेमाको पटकथा विकास सुवेदीले लेखेका हुन् ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया