प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौँ : ‘प्रतिनिधि सभा विघटनको विरोधमा प्रदर्शन गर्नेहरू देश विरोधी हुन्’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको अभिव्यक्ति अलोकतान्त्रिक भएको ठहर गरेका छन् ।
‘फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहीको नैसर्गिक अधिकार हो,’ शर्माले विज्ञप्तिमा भनेका छन्, ‘प्रधानमन्त्रीको अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेको अधिनायक आकांक्षालाई पथ उजागर गरेको छ ।’
अदालतमा भइरहेको बहसलाई ‘तमासा’को संज्ञा दिनु अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयन्त भएको कांग्रेसको ठहर छ । ‘सम्मानित पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो,’ विज्ञप्तिमा भनिएको छ, ‘आलोचक पत्रकारलाई ‘नर्क जान्छन् भन्नु’ प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशलाई ‘अजासु’ भनेर टिप्प्णी गर्नु अभिव्यक्ति स्वन्तत्रताविरुद्धको बर्बराहट हो ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया