कुरा उनै हुन्, संविधान उही हो, प्रधानमन्त्रीसँग पो अर्को संविधान छ कि ? : वरिष्ठ अधिवक्ता थापा

काठमाडौं : वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्कै संविधान छ कि भन्दै प्रश्न गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै नेपालको संविधान अनुसार प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने व्यवस्था नरहेको बताएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले कति समयमा सकिन्छ भनेर गरेको प्रश्नको जवाफ दिँदै अधिवक्ता थापाले भने, ‘म गफ गर्दिनँ श्रीमान्। कुरा उनै हुन्, संविधान उही हो। प्रधानमन्त्रीसँग पो अर्को संविधान छ कि ?’ प्रधानन्यायाधीश राणाले थापालाई खाजाको समय अघि बहस सकिन्छ कि सकिँदैन भनेर सोधेका थिए । जवाफमा थापाले नसकिने बताएका थिए । थापाको बहस जारी रहेकै बेला खाजा समय भएको छ ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया