भारत र चीनका सैन्य दस्ताबीच सीमामा फेरि झडप
काठमाडौँ : उत्तर भारतीय राज्यको सिक्किमको नाकु लामा भारत र चीनका सीमा सुरक्षा दस्ताबीच झडप भएको छ । भारतीय सञ्चार माध्यम इन्डियन टुडेका अनुसार सिक्किमको तिब्बतसँग जोडिएको नाकु लामा चिनियाँ सुरक्षा दस्ताले घुसपैठ गर्न खोजेपछि झडप भएको हो ।
गत साता चिनियाँ सुरक्षा दस्ता भारतीय भूमितर्फ छिर्न खोजेको र त्यहाँ रहेका भारतीय सुरक्षा दस्ताले रोक्दा झडप भएको इन्डिया टुडेको दाबी छ । झडपमा दुबै तर्फका सैन्य जवान घाइते भएको इन्डिया टुडेले सोमबार प्रकाशित गरेको रिपोर्टमा उल्लेख गरिएको छ । भारत तर्फ चार र चीन तर्फ २० जना घाइते भएको इन्डिया टुडेले स्रोतको हवाला दिँदै जनाएको छ ।
झडप चिनियाँहरु पछि हटेको र अहिले त्यहाँको अवस्था स्थिर रहेको पनि बताइएको छ । भारत र चीनका अधिकारीहरुबीच सिमामा जारी तनाब मत्थर बनाउन बसेको ९ औं चरणको बैठक लगत्तै झडप भएको हो । पूर्वी लद्दाखमा आइतबार बसेको बठैक सकिदैँ अर्को झडप भएपछि दुई एसियाली शक्तिबीच तनाब फेरि बढ्ने विश्लेषण गरिएको छ ।
गत जुनमा दुई मुलुकका सीमा सुरक्षा दस्ता पूर्वी लद्दाखको गलवान उपत्यकामा भिडेका थिए । त्यसयता, सो क्षेत्रमा दुवै मुलुकबाट करिब एक लाख सैन्य दस्ता खटाइएको छ । सन् २०१७ मा भारत र चीन सीममा आमनेसामने हुँदा नाकु लामा समेत झडप भएको थियो ।

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

प्रतिक्रिया