कियराले अब सेक्स दृश्य नदिने

लसएन्जल्स : कियरा नाइटली भर्सटायल अभिनेत्री हुन् । उनले स्टुडियोका फिल्म हुन् कि इन्डी फिल्म सबैतिर आफूलाई प्रमाणित गरेकी छिन् । उनले गरेका बग्रेल्ती फिल्ममा कियरा धेरै पटक नांगिएकी छिन् । दर्जनौं फिल्ममा अन्तरंग दृश्य दिएकी छिन् ।
तर, बच्चा जन्माएसँगै उनले आफ्नो सम्झौतामा ‘नो न्युडिटी’ क्लज थपेकी छिन् । उनले हालै एउटा पडकास्ट कुराकानीमा सकभर अन्तरंग दृश्य नदिने बताएकी छिन् । उनले अझ पुरुष निर्देशकले निर्देशन गर्ने फिल्ममा झनै त्यस्ता दृश्य नदिने बताएकी छिन् । ‘ मेरा दुइटा बच्चा छन् । सयौं मान्छेको अघि नांगै उभिने हिम्मत छैन,’ कियराले सो अन्तर्वार्तामा भनेकी छिन् ।
उनले नग्न दृश्य गर्ने कुराको विरोधी नभए पनि आमा बन्ने र यस्तै आसयका भावना व्यक्त गर्ने सिनेमामा त्यस्ता दृश्य दिन भने सकारात्मक रहेको बताएकी छिन् । तर, उनले यस्ता दृश्य पनि महिला निर्देशक भएका फिल्ममा मात्र दिने बताएकी छिन् । कियराले ‘प्राइड एन्ड प्रेज्युडिस’, ‘लभ एक्चुअल्ली’ ‘एटोनमेन्ट’ आदि फिल्ममा काम गरेकी छिन् ।

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

प्रतिक्रिया