कांग्रेसको एकमात्रै एजेण्डा प्रतिनिधि सभा पुनर्स्थापना : रामचन्द्र पौडेल

मोरङ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसको एक मात्रै माग प्रतिनिधि सभा पुनर्स्थापना भएको बताएका छन् । त्यो माग पूरा गर्न आफूहरू जनता समक्ष गएको उनको भनाइ छ ।
आइतबार गुराँस पुस्तकालय विराटनगर बरगाछीद्वारा प्रकाशित ‘बरगाछी’ को १६ अंक मुक्तिप्रसाद यदुनाथ चापागाईं विशेषांकको लोकार्पण गर्दै पौडेलले कांग्रेस प्रजातन्त्रको रक्षा र लोकतन्त्रको पहरेदारको हैसियतले पुनर्स्थापनाको विरोधको मुद्दा लिएर जनतामाझ गएको बताए ।
पौडेलले जनताले ठूलो त्याग, बलिदानबाट निर्मित संविधान भत्काउन नदिन पार्टीले सडक संघर्ष गरेको बताए । पौडेलले भने,‘पार्टी स्वतन्त्र समाज, समावेशीता र महिला अधिकारमा अग्रणी रहेको छ ।’ जनताको, चित्त दुखाएर होइन मन जितेर मात्र निर्वाचनमा जानुपर्ने पौडेलले बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र गुरु घिमिरे संविधान र लोकतन्त्र रक्षाका लागि सडक संघर्ष अझ विस्तार र बृहत गर्नुपर्ने बताए ।
कार्यक्रममा पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा देवी डाँगीलाई २१ हजार राशीको मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मान र कोरोना महामारीले मृत्यु भएकाको शव अन्त्येष्टिमा सक्रिय रुपमा सहयोग पुर्याउने तथा सङ्क्रमितको घर घरमा सेनेटाइजर गर्ने बरगाछी युवा समूहलाई १५ हजार राशीको सामाजिक पुरस्कारबाट सम्मान गरे ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया