बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

नेकपाको साधारण सदस्यबाटै निकालिए ओली

काठमाडौँ :  नेकपा (दाहाल–नेपाल) समूहले केपी शर्मा ओलीलाई पार्टीबाट निष्काशन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी अनुशासन बाहिर गएर काम गरेको भन्दै निष्काशन गरेको हो ।

दाहाल–नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले इकागजलाई जानकारी दिए । ओलीलाई दाहाल नेपाल समूहको नेकपाले स्पष्टीकरणसमेत सोधेको थियो ।

ओलीले स्पष्टीकरणसहित जवाफ नदिएपछि कारबाही गरिएको दाहाल नेपाल समूहले कारबाही गरेको हो ।  प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिनिधि सभा विघटन गरेपछि दाहाल नेपाल समूहले त्यसको विरोधमा आन्दोलन जारी राखेको छ ।  यस्तै आज बसेको स्थायी कमिटी बैठकले पार्टी केन्द्रिय कार्यालयको सचिवमा स्थाई समिति सदस्य गंगालाल तुलाधरलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । प्रचण्ड नेपाल पक्षको स्थायी कमिटीको अर्काे बैठक दुई दिनपछि बस्ने भएको छ ।