मिम बनेका बर्नी सान्डर्स

काठमाडौँ : नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनको त्यो शपथ ग्रहण कार्यक्रम । कार्यक्रममा बोलाइएका अधिक अतिथि मध्येका एक, बर्नी सान्डर्स । जो भिडमा पनि एक्लै बसिरहेका थिए । त्यो पनि अनौपचारिक पोशाकमा । ‘विन्टर ज्याकेट’ लगाएर कुर्सीमा बसिरहेका सान्डर्सको तस्बिर यो साता भाइरल बन्यो ।
त्यसो त भेरमोन्टका सिनेटरको त्यो तस्बिर अत्याधिक मन पराइयो । अनि ‘मिम’ पनि बन्यो । कोभिड-१९ कालमा भौतिक दूरी कायम गरी बसिरहेका सान्डर्सको तस्बिर फ्रेन्च समाचार एजेन्सीका फोटो पत्रकार ब्रेन्डन सिमयालोस्कीले खिचेका थिए । हलिउड स्टार टम ह्याङ्क्सको छेउमै बसिरहेका सान्डर्सलाई 'मिम' बनाउनेहरूले टेयर स्विफ्ट, ओएसिस लगायतका हलिउड गायक/समूहको गिती संग्रहको कभरमा राख्नेसम्मको काम गरे ।
‘भेरमोन्टमा हामी फेसनको मतलब गर्ने भन्दा पनि जुन पोशाकले न्यानो बनाउँछ त्यही लगाउँछौ । हाम्रो लागि न्यानो रहनु नै महत्वपूर्ण हो । आज मैले मेरा लागि जे महत्वपूर्ण हो त्यही गरे,’ सान्डर्सले आफूले लगाएको ज्याकेटका बारेमा गरिएका टिप्पणीतर्फ इङि्गत गर्दै अमेरिकी टेलिभिजन च्यानल सीबीएस न्यूजसँग भने । उता सान्डर्सकी पत्नीले आफ्नो श्रीमानको पोशाकको तारिफ गरिन् । ‘भेरमोन्टको ज्याकेट, भेरमोन्टकै पञ्जा, भेरमोन्ट ‘कमन सेन्स’’ उनले ट्वीट गरेकी छन् ।
सान्डर्स अमेरिकी राजनीतिको पुरानो नाम हो । डेमोक्रयाट्का तर्फबाट सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भाग लिन चाहेका सान्डर्स अझै पनि लोकप्रिय छन् । अहिलेको अमेरिकी राजनीतिबाट असान्दर्भिक भइनसकेका सान्डर्सलाई ट्वीटर प्रयोगकर्ताहरूले उनलाई दोस्रो विश्वयुद्ध ताकाको याल्टा सम्मेलनसँग पनि जोड्न भ्याए । सन् १९४५ मा भएको सो सम्मलेनमा भाग लिइरहेका बेलायती प्रधानमन्त्री विन्सटन चर्चिल, अमेरिकी राष्ट्रपति फ्रांन्कलिन रुजबेल्ट र सोभियत संघका नेता जोसेफ स्टालिनसँग एउटै तस्बिरमा समेत सान्डर्सलाई राखियो ।
श्यामस्वेत तस्बिरमा बसिरहेका त्यसबखतका विश्वलाई नेतृत्व गरिरहेका नेताहरूका माँझ मात्रै सान्डर्सलाई पुर्याइएन । उनलाई जिजस क्राइस्टसँग पनि भेटाउने काम भयाे, तस्बिरमा । अर्को एउटा 'मिम'मा त सान्डर्सलाई चन्द्रमामा पुगेको समेत देखाइयो । जसले अन्तरिक्षक यात्रीले लगाउने हेलमेट लगाएर अमेरिकी झण्डा बोकेर त्यहाँ उभिएका थिए।
सान्डर्सले लगाएको पोशाक भरमोन्टकै एक शिक्षकले प्लास्टिक बोतललाई रिसाइकल गरी तयार पारेको कच्चा पर्दाथबाट बनेको बताइएको छ । एउटा ठूलो खाम बाकेर क्यापिटोल हिल आइपुगेका सान्डर्सलाई हुलाक गइरहँदा बीचबाटोमा शपथ कार्यक्रम हेर्नका लागि रोकिएका एक अमेरिकी वृद्धसँग पनि तुलाना गरियो । सान्डर्स डाक्टर भेट्न गइरहेका वृद्धा जस्तो पनि देखिन्थे । (अन्तराष्ट्रिय सञ्चार माध्यमहरूकाे सहयोगमा)

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

प्रतिक्रिया