कृषिमा वैदेशिक लगानीको विरोधमा प्रदर्शन

काठमाडौँ : कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोधमा सरोकारवालाहरुले प्रदर्शन गरेका छन् । खाद्यका लागि कृषि अभियानको आयोजनामा आइतबार काठमाडौंको माइतीघरमा सरोकारवालाहरुले कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयको विरुद्धमा विभिन्न ब्यानर र प्लेकार्ड सहित विरोध प्रदर्शन गरेका हुन् ।
विरोध कार्यक्रममा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्ने निर्णयबाट सरकार तत्काल पछाडि हट्नुपर्ने बताए । आफूहरुले वैदेशिक लगानीको विरोध नभई प्राथमिक कृषिमा वैदेशिक लगानी ल्याउने र विदेशीलाई कृषि प्राकृतिक क्षेत्रको जिम्मा लगाउने कुराको विरोध गरेको बताए ।
सरकारले प्रथामिक तहमा वैदेशिक लगानी भित्र्याएर किसानहरुको गाँस खोस्न खोजेको आरोप संयोजक अधिकारीको छ । कृषिको प्राथमिक क्षेत्रमा नभई मूल्य श्रृङ्खलाका कुराहरुमा वैदेशिक लगानी भित्र्याउन सक्ने सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेर अगाडि बढ्न सकिने पनि अधिकारीले बताए ।
विरोध प्रदर्शनमा सहभागि भएकाहरुले खाद्य सम्प्रभुताको सम्मान गर्दै नेपालको कृषिलाई आत्मनिर्भर, दिगो र पर्यावरणमैत्री खेतीपातीको दिर्घकालिन दृष्टिकोण बनाउन पहल भइरहेको अवस्थामा सरकारले दूरगामी प्रभावको ख्याल नगरी हचुवाको भरमा निर्णय गरेकोले आन्दोलन गर्नुपरेको बताए ।
प्रदर्शनमा ‘खाद्य सुरक्षा तथा सम्प्रभूताको अधिकार सुनिश्चित गर’, ‘कृषिको प्राथमिक उत्पादनमा खुल्ला गरिएको वैदेशिक लगानी सम्बन्धी प्रावधान खारेज गर’, ‘कृषिमा वैदेशिक लगानी सम्बन्धी प्रावधान खारेज गर’, ‘जनमुखी भूमिसुधार लागू गर’, ‘भूमिहिन, साना तथा सिमान्त किासनको भूमि तथा कृषि अधिकार सुनिश्चित गर’ लगायत लेखिएका प्लेकार्ड लिएर प्रदर्शनकारीहरु सडकमा उभिएका थिए ।
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_EuUEJ9xlTh_o06q8qahksrn6i6qjzlsvx7btzpmc3yucaboycihys7tn008wnnlmjwbuzvp.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_JQdNF7olDJ_c9hxdzjbhwsntt14nuywzykuib1wrflels697seudluaku8wgzfemsajgpor.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

प्रतिक्रिया