फ्यानले डिस्टर्ब गरेपछि पुष्प र साम्राज्ञीलाई बडीगार्ड

काठमाडौं : आउटडोर छायांकनको क्रममा हुलमुल धेरै हुन थालेपछि चलचित्र ‘तिम्रो मेरो साथ’को युनिटले छायांकनमा बडीगार्डको व्यबस्था गरेको छ । विशेष गरेर चलचित्रका नायक पुष्प खड्का, नायिका साम्राज्ञी आर एल शाह र सन्दिप क्षेत्रीको छायांकन आउटडोर गर्नु पर्दा दर्शकहरू माझ उनीहरूको क्रेजलाई ध्यानमा राखेर बडीगार्डको व्यबस्था गरिएको जानकारी निर्माता रमेश एम के पौडेलले दिएका छन् ।
चलचित्र ‘ तिम्रो मेरो साथ ‘ को छायांकन ६० प्रतिशत सकिएको छ । चलचित्रको अब केही दृश्य र गीतको मात्र छायांकन हुन बाँकी रहेको छ । चलचित्रको केही दृश्य अमेरिकाका सहरहरूमा गरिने तयारी भैरहेको छ । चलचित्रमा रामजी लामिछानेले नृत्य निर्देशन गर्ने भएका छन ।
प्रेमकथामाथि आधारित यो चलचित्रका निर्देशक रमेश एम के पौडेल हुन । चलचित्र ‘तिम्रो मेरो साथ’मा निर्देशक पौडेलकै कथा, गीत र निर्माण रहेको छ । चलचित्रमा पुष्प खड्का, साम्राज्ञी आर एल शाह, सरोज खनाल, सन्दिप क्षेत्री, खबपु , इमिली लामा र विशेष भूमिकामा ध्रुव दत्तको अभिनय रहेको छ । आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा छायांकन भैरहेको यो चलचित्रमा सबिर श्रेष्ठको पटकथा र सम्बाद रहेको छ ।

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

प्रतिक्रिया