विमलाको ह्याट्रिकमा आर्मीको फराकिलो जित

काठमाडौँ : त्रिभुवन आर्मी क्लबले जारी राष्ट्रिय महिला फुटबल लिगमा वालिङ नगरपालिकालाई ७-० ले पराजित गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा आर्मीका लागि विमला चौधरीले हयाट्रिक गरिन् भने दिपा राई, शर्मिला थापा, भुजुङगा राई र हेमा चौधरीले एक-एक गोल गरे ।
आर्मीलाई विमलाले १४ औ मिनेटमा अग्रता दिलाइन् । विदेशी खेलाडीसहित मैदानमा उत्रेको वालिङविरुद्ध दिपाले आर्मीको दोस्रो गोल गरिन् । पहिलो हाफको अन्त्यमा शर्मिलाले गोल गर्दै आर्मीको अग्रतालाई ३-० बनाईन् ।
दोस्रो हाफमा पनि आर्मीले गोल गर्ने सिलसिलालाई कायम राख्यो । विमलाले ६६ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरिन् । त्यसको नौ मिनेट पछि विमलाले ह्याट्रिक पुरा गरिन् । उन प्लेयर अफ दि म्याच घोषित भइन् । ८९ औ मिनेटमा आर्मीको गोल अन्तर थप फराकिलो बन्यो । हेमाले बक्स नजिकैबाट आर्मीको छैठौं गोल गरिन् । आर्मीको सातौं गोल भने भुजुङगाले गरिन् ।
उद्घाटन खेलमा नेपाल पुलिस क्लबसँग बराबरी गरेको आर्मीले प्रतियोगितामा दुई खेलबाट चार अंक बटुलेको छ । पहिलो खेलमा बिराटनगर महानगरपालिकासँग बारबरी खेलेको वालिङको भने दुई खेलबाट एक अंक मात्र रहेको छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया