जापानमा हिमपातका कारण मृत्य हुनेको संख्या ७० पुग्यो

काठमाडौँ : जापानमा हिमपातका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ । जापानी अखबार दि जापान टाइम्सका अनुसार जापानका १० क्षेत्रमा गरी ७० जनाको मृत्यु भएको हो । उल्लेखित मृतक संख्या डिसेम्बर १४ बाट गत बुधबार सम्मको हो ।
जापानको होक्काइडो, अमोरी, इवाते, मियागी, अकिता, यामागाता, निगाता, तोयामा, इसिकावा र फुकुईमा जस्ता क्षेत्रहरूमा भिषण हिमपात हुँदा ती जापानीको मृत्यु भएको जनाइएको छ । मृत्यृ भएका जापानीमध्ये ४८ जनाको उमेर ७० वर्ष भन्दा माथि रहेको बताइएको छ । हिपातका कारण घरको छतमा जम्मा भएको हिउँ हटाउन खोज्दा अधिकांश वद्ध–वद्धाहरूको खसेर मृत्यृ भएको जापानी सञ्चार माध्यममा प्रकाशित खबरमा उल्लेख गरिएको छ ।
‘घरको छतमा रहेको हिउँ हटाउने सेवा प्रदान गर्ने कम्पनीहरू एक महिनापछि मात्रै आइपुग्ने हुँदा वृद्धा–वृद्धा आफै त्यसमा नलागि धर छैन । जसले गर्दा उनीहरू दुर्घटनामा पर्ने क्रम रोकिएको छैन’ एक जापानी सरकारी अधिकारीले दि जापान टाइम्ससँग भनेका छन् ।
उता अकितामा रहेर प्रकोप ब्यवस्थापन केन्द्रका लागि काम गरिरहेका अर्का जापानी अधिकारीले कोभिड–१९ का कारण धेरै युवा जापानी घर फर्कन नपाएकाले पनि यस किसिमको दुर्घटना बढेको बताएका छन् । ‘धेरै जसो घरमा अहिले वृद्ध–वृद्धा मात्रै छन् । ती घरहरुका अन्य सदस्यहरू लकडाउनका कारण घर फर्कन पाएका छन् । जसले वृद्ध–वृद्धा आफै हिउँ पन्छाउने काममा भिड्नु परेको छ’ ती अधिकारीले दि जापान टाइम्ससँग भनेका छन् ।
जापानमा युवा जनसंख्या घटिरहेकाले हिउँ पन्छाउने काम गर्ने कम्पनीहरुमा कामदारको अभाव छ । जसले गर्दा जापानी घरहरूमा वृद्ध–वृद्धा नै यस किसिमको काममा सहभागी हुने गरेका छन् ।

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

प्रतिक्रिया