लुम्बिनीका लागि ३९ हजार डोज खोप
‘फन्टलाइनर’ र जेष्ठ नागरिकलाई पहिलो प्राथमिकता

बुटवल : कोभिड–१९ विरुद्धको खोप लुम्बिनी प्रदेशका लागि ३९ हजार ४ सय ९५ डोज आएको छ । स्वास्थ्यमन्त्रालयमार्फत प्रदेशमा आएको खोपको प्रदेशका सबै जिल्लामा वितरणको तयारी गरिएको छ ।
सरकारले माघ १४ गतेबाट खोप लगाउन निर्देशन दिएका कारण खोप लगाउने नागरिकहरूको विवरण संकलनको काम भैरहेको लुम्बिनी प्रदेशको समाजिक विकास मन्त्रालयका प्रवक्ता पुष्पराज पौडेलले बताए ।
उनकाअनुसार प्रदेशका १२ जिल्ला तथा एक सय ९ स्थानीय तहमै खोज पुर्याउनका लागि आवश्यक तयारी गरिएको छ । पहिलो चरणमा ‘फ्रन्टलाइनर हेल्थ वर्कर’ तथा जेष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखिएको छ । खोपका विषयमा केन्द्रीय सर्कुर अनुसारको मापदण्डकै आधारमा खोप लगाइने प्रवक्ता पौडेलले बताए । उनले भने, ‘सबै स्थानीय तह र जिल्लाबाट विवरण संकलन गर्ने काम अन्तिम चरणमा रहेको छ, त्यसका आधारमा जिल्ला जिल्लामा खोप पढाइने छ ।
खोप कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि समाजिक विकास मन्त्रालयले सरोकारपक्षसंग छलफल गरेको छ । मन्त्रालयमा भएको छलफलमा यसको संवेदनशिलता र मापदण्डलाई पालना गर्न समाजिक विकास मन्त्री शुर्दसन बरालले निर्देशन दिएका छन् ।
उनले प्रदेशमा आएको खोपको पूर्णउपयोग गर्नका लागि कर्मचारीहरूलाई आवश्यक तालिम संचालन गर्ने एवं खोपको भण्डारणका लागि ध्यान दिनु पर्ने बताएका छन् । उक्त खोप भण्डारणका लागि बुटवलमा रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिने छ । त्यसपछि जिल्ला जिल्लामा रहेका भण्डारण केन्द्रहरूमार्फत जनतासम्म पुर्याउने तयारी भएको छ ।
भारत सरकारले पहिलो चरणमा दिएको खोप सातै प्रदेशमा जनसंख्याका आधारमा वितरण गरिएको छ । खोप लगाउने नागरिकहरूको नामावली संकलनका लागि कर्मचारीहरू परिचालन गरिएको छ । तरकतिपयले सुरुमा खोप लगाउन आनाकानीसमेत गर्ने गरेको नामावली संकलनमा सहभाग कर्मचारीहरूले बताए ।

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

प्रतिक्रिया