राजपत्रको वैधानिकतामाथि प्रश्न, इजलासमा निवेदन पेश !

काठमाडौं : प्रतिनिधि सभा विघटन भएको एक महिनापछि राजपत्रमा प्रकाशित सूचनाको वैज्ञानिकतामाथि कानुन व्यवसायीले प्रश्न उठाएका छन् । आइतबारको संवैधानिक इजलासमा रिट निवेदक देव गुरुङ, शशी श्रेष्ठ, कृष्णभक्त पोखरेल र रामकुमारी झाँक्रीको तर्फबाट पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठले तीन पेज लामो निवेदन पेश गरेका हुन् ।
निवेदन दर्ता गराउँदै श्रेष्ठले प्रतिनिधि सभा विघटनबारेको सूचना राजपत्रमा प्रकाशित नगर्ने र इजलासमा पेश गर्दा किर्ते गरिएको बताए । रिट निवेदकका तर्फबाट निवेदन दर्ता गराउँदै श्रेष्ठले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय असंवैधानिक भएको प्रमाण राजपत्रले दिएको पनि बताए ।
उनले ३० मिनेट बढी बहस गरेपछि इजलासले तोकेको समयभन्दा बढी भएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले बोल्न दिएका थिएनन् । इजलास समक्ष श्रेष्ठले भेन, ‘मलाई तीन मिनेट मात्र समय चाहियो ।’ जवाफमा प्रधानन्यायाधीश राणाले भने, ‘हजुरको निवेदन लियौँ, भयो ।’
बोल्न नदिएपछि श्रेष्ठ रिसाए । प्रधानन्यायाधीश राणा र श्रेष्ठबीच केहीबेर प्रश्न उत्तर समेत भएको थियो ।

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

प्रतिक्रिया