अभिनेता राजेश हमालको ‘सत्यम’लाई चाहियो कलाकार

काठमाडौं : अभिनेता राजेश हमालले अभिनय गर्ने भनिएको नयाँ चलचित्र ‘सत्यम’ले थप कलाकार छान्न अडिसन कल गरेको छ । निर्माण टिमले ‘थिमेटीकल स्केच पोस्टर’ सार्वजनिक गर्दै अडिसन कल गरेको छ । निर्माण टिमले विभिन्न उमेर समूहका १० जनाका लागि कलाकार छान्न लागेको जनाएको छ । यसका लागि निर्माण टिमले काठमाडौंसँगै पोखरा, बुटवल र झापामा अडिसन गर्ने जानकारी गराएको छ ।
फिल्मका लागि अनुपविक्रम शाही अनुबन्ध भइसकेका छन् । यो चलचित्रमा हमाल र शाहीसँगै नायक पल शाह र नायिका उपासना सिंह ठकुरीले पनि काम गर्न सहमति जनाएको निर्माता रेशम सापकोटाले बताए । ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको यो चलचित्रमा काम गर्न सहमति जनाउनको लागि अभिनेता हमालले आठ महिना लामो समय लिएका थिए ।
निर्देशक कार्कीका अनुसार हमालकै अनुरोधमा पुरै चलचित्र टुडी प्रविधिमा बनिरहेको छ । फ्लोरमा जानुअघि टुडीमा हेरेर आवश्यक सुधार गरिने निर्देशक कार्कीले बताए । यो चलचित्रमा हमाल नै मूख्य पात्र (सत्यम) हुन् भने अनुपविक्रम शाही भिलेनको रुपमा रहनेछन् ।
यसअघि चलचित्र ‘सौर्य’मा दुवै एकसाथ देखिएका थिए । यो चलचित्रमा काम गर्न राजी भएका पल र उपासनाको भूमिका भने खुलाइएको छैन । छिट्टै पत्रकार सम्मेलनको आयोजना गरी अडिसनबाट छनौट भएका अन्य कलाकारहरु तथा बाँकी जानकारी सार्वजनिक गरिने बताइएको छ ।
अडिसनबाट अन्य दुई मूख्य पुरुष तथा दुई मूख्य महिला कलाकारहरु छनौट गरिने बताइएको छ भने अन्य २२ कलाकारहरू पनि अडिसनबाट नै छानिनेछन् । चार जना मुख्य चरित्र अभिनेता, दुई जना मूख्य चरित्र अभिनेत्री, तीन सहायक चरित्र अभिनेता, दुई सहायक चरित्र अभिनेत्री, सहायक कलाकार दुई पुरुष तथा दुई महिला साथै दुई जना बाल कलाकार र अन्य छोटो भूमिकाका कलाकारहरू पाँच जनाको लागि अडिसन हुनेछ ।
काठमाडौमा यही माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिसन हुनेछ । अडिसनमा सहभागि हुन चलचित्र इच्छुकले निर्माता कम्पनी नवयुग सिनेमाको इमेल ठेगानामा आफ्नो सम्पर्क नम्बर सहित प्रोफाइल तथा सो रिल पठाउनुपर्नेछ ।

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

प्रतिक्रिया