उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात, तराईमा हुस्सु/कुहिरो
चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौँ : आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोसमेत लाग्ने भएका कारण चिसोबाट बच्नसमेत महाशाखाले सबैमा अनुरोध गरेको हो ।
महाशाखाका अनुसार सोमबार प्रदेश-१,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ ।
त्यस्तै सोमबार राति प्रदेश-१, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भु-भागहरुमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने समेत महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
मंगलबार बिहान पनि प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि उच्च पहाडी तथा हिमाली भु-भागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहने महाखाशाको पुर्वानुमान छ ।
बर्थडे मनाउने गएका गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना समातिए

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आजको मौसमः तराई मधेसका भू-भागमा भारी वर्षा हुने

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

पानी उमालेर मात्र पिउन उपभोक्तालाई काठमाडौं महानगरको आग्रह

प्रतिक्रिया