अलाभेसमाथि रियलको शानदार जित

काठमाडौँ : ला लिगा फूटबलमा रियल मड्रिडले अलाभेसलाई हराएको छ । शनिबार राती भएको खेलमा मड्रिडले अलाभेसमाथि ४-१ गोलको प्रभावशाली जित निकालेको हो ।
रियलका लागि करिम बेन्जेमाले दुई तथा काशिमेरो र इडेन हजार्डले एक एक गोल गरे । अलाभेसका जोसेलुले सान्तवना गोल फर्काए । लामो समयपछि गोल गरेका हजार्डको फर्म फर्किएको भन्दै उनको प्रशंसा भइरहेको छ ।
जितसँगै रियल दोस्रो स्थानमा यतावत छ । १९ खेलबाट रियलले ४० अंक जोड्दा शीर्षस्थानको एथ्लेटिकोसँगको अंकदुरी घटाएको छ । एथ्लेटिकोको ४४ अंक छ । हार व्यहोरेको अलाभेस १८ अंकसहित रेलिगेसन जोनभन्दा एक स्थान माथि छ । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया