अज्ञात समूहद्वारा ट्रकमा आगजनी

धनगढी : दार्चुलामा अज्ञात समूहले ट्रकमा आगजनी गरेको छ । गोकुलेश्वरबाट गइरहेको सुप्रप ००१ क १५४८ नम्बरको ट्रकमा शनिबार दिउँसो शैल्यशिखर नगरपालिका-९ नक्तड (ठूलशैन) जंगल नजिक आगजनी भएको हो ।
आगजनीबाट ट्रकको अगाडीको भागमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्कर ऐेरीले जानकारी दिए । ऐरीका अनुसार इलाका प्रहरी कार्यालय गोकुलेश्वरले आगलागी कस्ले र कसरी भयो भन्नेबारे अनुन्सधान गरिरहेको छ ।
प्रहरीले ट्रक मालिक र चालकलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जानकारी दिएको छ । आज प्रतबन्धित नेकपाले नेपाल बन्द आव्हान गरेकाले प्रहरीले स्कटिङमा गाडीलाई लगिरहेको थियो । तर उक्त ट्रक चालकले गोकुले चेक प्वाइन्टमा आफू नजिकै जाने भनेर ढाँटेको प्रहरीले जनाएको छ ।
नजिकै जाने भनेर चेक प्वाइन्ट पार गरेको ट्रक दार्चुला सदरमुकामबाट ६५ किलोमिटर टाढा पुगेपछि आगजनी भएको प्रहरी निरीक्षक ऐरीले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया