कर्णालीमा विप्लवको राँके जुलुस

काठमाडौँ : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धीत नेकपाले कर्णालीका केही जिल्लाहरुमा राँके जुलुस निकालेको छ । कार्यकर्ता रिहाको माग राखि शनिबार नेपाल बन्द घोषणा गरेको विप्लवले दैलेख र सुर्खेतमा राँके जुलुस निकालेको हो ।
दैलेखको ठाटीकाँध र सुर्खेतको विरेन्द्रनगर ३ मा राँके जुलुस निकालेको स्थानीयले बताएका छन् । राज्यबाट गिरफतार गरिएका आफ्ना कार्यकर्ताहरु रिहाको माग गर्दै नारा जुलुससमेत गरेका गरेका थिए । राँके जुलुश निकाल्ने तयारी गर्न लागेको सुराकीको आधारमा सल्यान प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
राँके जुलुश निकाल्ने तयारी गर्न लागेको सुराकीका आधारमा दुई जनालाई अनुसन्धानको लागि नियन्त्रणमा राखिएको प्रदेश प्रहरी कार्यालयका एसएसपी हरी वाग्लेले जानकारी दिए । बन्दको कारण कर्णालीमा कुनै पनि खालका घटनाहरु नघटेको वाग्लेले जानकारी दिए ।
विप्लवले आह्वान गरेको बन्दको कारण कर्णालीको जनजीवन ठप्प थियो । बन्दले अन्य केही घटनाहरु नघटेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया