प्रधानमन्त्री कपमा एपीएफको तेस्रो जित

काठमाडौँ : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष त्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ क्लबले आफ्नो रवाफिलो प्रदर्शनलाई जारी राखेको छ । प्रतियोगितामा अपराजित एपीएफले शनिबार कर्णाली प्रदेशलाई ७१ रनले पराजित गरेको छ ।
जित दर्ता गरेसँगै एपीएफले समूह ए मा पहिलो स्थान कब्जा गरेको छ । तीन खेलबाट ६ अंक नै बनाएको अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब भने रनरेटका आधारमा दोस्रो स्थानमा छ । पराजित कर्णली भने चार खेलबाट दुई अंक सहित चौंथौं स्थानमा छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले टस जित्दै ब्याटिङ गर्दा ४९.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर दुई सय १८ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको कर्णाली ४३.२ ओभरमा एक सय ४७ रनमा सिमित भयो ।
एपीएफलाई विजय बनाउन सन्दिप जोराको अर्धशतक महत्वपूर्ण रह्यो । उनले ७६ बलको समाना गर्दै ६० रन बनाए । जोराले छैठौं विकेटका लागि अमर रौतेलासँग ७८ रनको साझेदारी गरे । मध्यक्रमका रौतेलाले ३१ रनको योगदान गरे ।
त्यसअघि एपीएफका ओपनरहरूले सन्तोषजनक सुरुवात दिलाउन सकेनन् । एपीएफको इनिङ सुरुवात गर्न गएका रित गौतम शुन्यमा आउट हुँदा अर्का ओपनर सवास खकुरेलले २३ रनको योगदान गरे । शंकर राना र बसन्त रेग्मीले क्रमशः १५ र १४ जोड्दा अन्य उल्लेख्य स्कोर गर्न सकेनन् ।
कर्णलीका अनुज चुनारा र रविन्द्र शाहीले तीन-तीन विकेट लिए पनि एपीएफलाई सस्तैमा समेट्न सकेनन् । कर्णलीका लागि दिवन पुन र राज शाहीले दुई-दुई विकेटको योगदान गरे ।
उता कर्णलीका हेमन्त ओलीले अर्धशतक प्रहार गरे पनि कर्णली प्रतियोगिताको तेस्रो पराजयबाट बच्न सकेन । ओेलीले एक सय दुई बलको सामना गर्दा छ चौकाको सहयोगमा ५८ रन बनाए । कर्णलीका लागि हिमांशु शाहीले २० रनको योगदान गर्दा कप्तान रविन्द्र शाहीले १४ रन प्रहार गरे । त्यस्तै, अभिषेक ठकुरी र राज शाहीले समान १४ रन बनाए ।
कर्णालीलाई लक्ष्य प्राप्तीबाट रोक्न बसन्त रेग्मी र किशोर महतोले तीन-तीन विकेट लिए । त्यस्तै भुवन कार्कीले दुई विकेट दर्ता गर्दा कप्तान शरद भेष्वाकरले एक विकेट थपे ।

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

साउदी लिगमा अल नासर पराजित

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

प्रतिक्रिया