ओलीको प्रतिगामी कदमले नेकपा पुनर्गठन गर्नु पर्ने अवस्था आयो : पौडेल
काठमाडौँ : नेकपा (दाहाल-नेपाल समूह)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिगामी कदमले नेकपा पुनर्गठन गर्नु पर्ने अवस्थामा पुर्याएको बताएका छन् । शनिबार काठमाडौंमा मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको अन्तरक्रिया तथा कम्युनिष्ट स्कुल लोकार्पण कार्यक्रममा पार्टी एकताका क्रममा भएका कमिकमजोरीहरूलाई सच्याए नेकपालाई नयाँ जीवन दिइने पौडेलले बताए ।
जनताको माग एकता तिर रहेको र जनतासँग गरेको बाचा र व्यवहारमा तादम्यता मिलाउन नसकिएको भन्दै उनले समाजवादी क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताए । कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन नयाँ पुस्तामा पार्टी नेतृत्व हस्तान्तरण हुनुपर्ने र नयाँ पुस्ताले पनि त्यसको लागि अब संघर्ष गर्नुपर्ने बेला आएको उनले बताए ।
कार्यक्रममा नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले नयाँ पार्टी निर्माणको प्रक्रियामा अघि बढेको र प्रतिनिधि सभा विघटन नयाँ संस्कृति निर्माणको बहस भएको बताए । प्रतिनिधि सभा पुनर्स्थापनाको विषयलाई पुष्पकमल दाहाल र माधवकुमार नेपालको मुद्दाका रूपमा बुझे देशमाथि खतरा आउने उनको भनाइ छ ।
नेता भट्टराईले केपी ओली समूह अराजतीतिक समूह भएको भन्दै पार्टीको नाममा ओली समूहले राज्यलाई लुटिरहेको बताए ।

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिक्रिया