हतियारसहित दुई पक्राउ

जनकपुरधाम : धनुषा र सर्लाहीमा प्रहरीले हतियार सहित दुई जनालाई पक्राउ गरेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १९ बाउन्न बिघाबाट एक युवकलाई नलकटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका-१ सोहनीका १९ वर्षीय विवेक यादव रहेको जानकारी दिएको छ । विशेष सूचनाको आधारमा खानतलासी गर्दा २ थान नलकटुवा पेस्तोल फेला परेको धनुषा प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । यादवलाई नियन्त्रणमा लिएर अदालतबाट हातहतियार मुद्दा शीर्षकमा म्याद थप गराई अन्य अनुसन्धान कार्य भइरहेको डिएसपी मिश्रले जानकारी दिए ।
त्यस्तै सर्लाहीको कविलासी नगरपालिका-१० चमेलीमाइबाट गोडैता नगरपालिका- ८ का ५० वर्षीय अरुण मिश्रलाई एकथान पेस्तोलसहित पक्राउ गरिएको छ ।
सर्लाही प्रहरी प्रवक्ता डिएसपी मदन कुँवरले मिश्रको साथबाट ७।६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया