पुष्पकमल दाहाल र बाबुराम भट्टराई किन गए उपराष्ट्रपतिलाई भेट्न ?

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेटेर पुष्पकमल दाहाल र बाबुराम भट्टराई फर्किएका छन् । शुक्रबार प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गरेलगत्तै दाहाल उपराष्ट्रपति भवन लैनचौर पुगेका थिए । त्यस्तै तराइका विभिन्न जिल्लामा भएको सरकारविरुद्धको प्रदर्शनमा सहभागी भएर आजमात्रै काठमाडौँ आइपुगेका भट्टराई पनि लैनचौर पुगेका हुन् ।
‘प्रचण्डजी र बाबुरामजीले उपराष्ट्रपति भवनमा उपराष्ट्रपति ज्युसँग आधाघण्टा कुराकानी गर्नु भयो,’ जनता समाजवादी पार्टीको उच्च स्रोतले इकागजलाई भन्यो, ‘उहाँहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको हो ।’ केही हप्ता अघि मात्रै पनि लैनचौरमै दाहाल र भट्टराईबीच छलफल भएको उक्त स्रोतले जानकारी दिएको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलनमा जानुपर्ने बताइरहेका दाहाल र भट्टराईले एकैपटक उपराष्ट्रपति पुनसँग छलफल गर्नुलाई चासोको रुपमा हेरिएको छ । उनीहरु तीनै जना माओवादी जनयुद्धका नेतृत्वकर्ता हुन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया