नेपालमा कोरोना खोप माघ १४ गतेबाट लगाइने

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् । प्रधानमन्त्री ओलीले पहिलो चरणमा खोप लगाउनेहरुको समूह तयार भइसकेको पनि बताए । सशस्त्र प्रहरीको २० औँ स्थापना दिवसको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसबारे जानकारी दिएका हुन् ।
मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुवात भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’ मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले पहिलो चरणमा अग्रभागमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने पनि बताए । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन ओलीले सबैलाई आग्रह गरे ।
शान्ति, सूरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र संकटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले समयानुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गरे ।

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया