डेपुटी गभर्नर बन्न सबै शक्तिकेन्द्रतर्फ उत्तिकै दौडधूप

काठमाडौँ: डेढ महिनापछि नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पद रिक्त हुँदैछ । फागुन १८ बाट रिक्त हुने उक्त पदका लागि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूको दौडधूप शुरु भएको छ ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइको क्रममा रहेकाले वर्तमान सरकारकै निरन्तरताको कुनै सुनिश्चितता छैन । अर्कोतर्फ, यही सरकार निरन्तर रहे प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य दलको नैतिक समर्थन जुटाउने क्रममा प्रमुख प्रतिपक्षीसँग पनि पदीय भागबण्डा गर्न सक्ने अनुमान पनि कायमै छ । सर्वोच्च अदालतको कुनै निर्णय नआउँदै निर्वाचनमा होमिन नेता तथा कार्यकर्तालाई परिपत्र गरिसकेकाले पनि सरकारसँग नेपाली कांग्रेस नेतृत्वको गोप्य साँठगाँठ रहेको आशंका गर्नेहरू पनि छन् ।
राजनीतिक लबिङ र शक्तिको आधारमा प्राप्त हुने पद भएकाले डेपुटी गभर्नर बन्नका लागि सबै शक्ति केन्द्रमा उत्तिकै दौडधूप भइरहेको छ । वर्तमान सरकारकै निरन्तरता भएमा अर्थमन्त्री विष्णु पौडेलका सल्लाहकार रहेका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ र राष्ट्रपति विद्यादेवी भण्डारीको समेत रोजाइ रहेकी र प्रधानमन्त्री केपी शर्मा ओलीकी गृह जिल्ला (झापा)की नीलम ढुङ्गाना तिमल्सिना रहेकी छिन् । त्यस्तै, अर्का कार्यकारी निर्देशक देव कुमार ढकाल पनि डेपुटी गभर्नरको तीव्र आकांक्षी हुन् ।
प्रकाशकुमार श्रेष्ठले यसअघि लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । उनलाई मन्त्री पौडेलले अहिले सल्लाहकार बनाएका छन् ।
यसअघि युवराज खतिवडा गभर्नर छँदा अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशकका लागि सल्लाहकारमा ढुङ्गानालाई नपठाएर राष्ट्र बैंकका कनिष्ठ कर्मचारी आफ्ना छोरीज्वाइँ रामशरण खरेललाई पठाएका थिए । यसपटक राष्ट्रपति भण्डारीले उनलाई अन्याय गर्न नहुने भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीलाई ढुङ्गानाको नाम सिफारिश गरिसकेको बताइन्छ । प्रतिनिधिसभा पुनर्स्थापना भएको खण्डमा भने मिलिजुली सरकार बन्न सक्ने भएकाले डेपुटी गभर्नर दुईओटा दलले आपसमा बाँडेर नियुक्त गर्नेछन् । त्यसखण्डमा राष्ट्रपतिको भागबण्डा रहनेछैन ।
राष्ट्र बैंकका १७ कार्यकारी निर्देशकहरूमध्ये ९ जनाले डेपुटी गभर्नर बन्नका लागि प्रतिस्पर्धा तीव्र पारेका छन् । श्रेष्ठ, ढुङ्गाना, ढकालसहित भुवन कँडेल, पिताम्बर भण्डारी र सुमनकुमार अधिकारी पनि डेपुटी गभर्नर बन्ने दौडमा छन् । यसअघि चिरञ्जीवि नेपाल गभर्नर छँदा अनुसन्धान विभागको नेतृत्व पाएका गुणाकर भट्टलाई पनि नेपाली कांग्रेसँगको भागबण्डामा सम्भावित उम्मेद्वारको रूपमा हेरिएको छ
यसअघि २०७२ फागुनमा वर्तमान डेपुटी गभर्नरहरूको नियुक्तिका बेला पनि केपी शर्मा ओलीको नेतृत्वको सरकारमा विष्णु पौडेल अर्थमन्त्री थिए । त्यसबेला, गभर्नर नेपालले चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठलाई डेपुटी गभर्नर सिफारिश गरेका थिए । शिवाकोटी प्रधानमन्त्री ओलीका निकट थिए । यद्यपि, ओलीले उनलाई गभर्नर भने बनाएनन् । डेपुटी गभर्नरबाट सेवानिवृत्त हुन लागेका शिवाकोटी बीमा कम्पनीहरूको नियामक बीमा समितिको अध्यक्ष हुन लबिङमा छन् । डेपुटी गभर्नरमा वरिष्ठ कार्यकारी निर्देशकहरूबाट गभर्नरले दुई जनालाई अर्थमन्त्रालयमार्फत् सिफारिश गर्छन् र मन्त्रिपरिषदबाट नियुक्ति हुन्छ ।

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले ग…

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा उमाकान्त शर्मा, निर्वाचित हुने अन्य पद…

भेडेटारको स्काइवाक पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीको पर्यटनमा लगानी गर्न…

प्रतिक्रिया