अर्जुनको उपलब्धि

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका–६ का अर्जुन रावल जन्मजात दृष्टिविहिन । उनले संसार नियाल्न पाएनन् । २०५२ सालमा दृष्टिविहिन छोरा जन्मिएपछि रावलका आमाबुवासमेत समाजबाट हेपिए । समाजले रावल दम्पतिको जीवनमा बोझ थपिएको आभाश दिलायो । तर अर्जुन बोझ बनेनन्, नमूना बनेर देखाइदिए ।
आमावुवाले अर्जुनलाई धनगढीको पञ्चोदय माविमा भर्ना गरिदिए । दृष्टिविहिनहरूकै लागि खोलिएको जीवनज्योती छात्रवासमा बस्दै पढ्न थाले । ब्रेनलिपी माध्यमबाट अध्ययन गर्थे । २०६९ सालमा एसएलसी उत्तिर्ण गरेका अर्जुन धनगढीकै ऐश्वर्य विद्या निकेतनमा ११ मा भर्ना भए, शिक्षा संकायमा अङग्रेजी विषय लिएर । रावलले ११ र १२ कक्षामा संकाय टप गरे । उनी सम्झिन्छन्, ‘सो समयमा मेरो सबै ध्यान पढाइमा थियो । जीवनमा केही बन्ने लक्ष्य थियो । जस्ले मलाई सफल बनायो ।’
स्नातक पढाइका लागि उनी कैलाली बहुमुखी क्याम्पसमा भर्ना भए । उनको रोजाइमा पर्याे मानविकी संकाय । त्यस्मा पनि राजनीति शास्त्र र अङग्रेजी । स्नातक उत्तिर्ण त गरे तर पहिले जस्तै ‘टपर’ भने हुन सकेनन् । स्नातक अध्ययनकै क्रममा धेरै संघसंस्थामा सक्रिय भइसकेका रावल भन्छन्, ‘सामाजिक कार्यमा पनि समय बिताउन थालेपछि अध्ययनमा पहिलेको जस्तै समय पनि दिन सकिएन । टपर पनि बन्न सकिएन ।’
स्नातक उत्तिर्ण गरिसकेपछि उनले २०७३ सालमा पहिलो पटक शिक्षक सेवा आयोगले लिएको निमावि (अङग्रेजी) मा परीक्षा दिए । लिखितमा पहिलो पटक नै नाम निस्कियो तर उनी अन्तरवार्तामा असफल भए । दोस्रो पटक २०७५ सालको असोजमा फेरि आयोगले निमाविमा अङग्रजी विषयको परीक्षा लियो । लिखितमा नाम निकाले । २०७६ साल साउनको तेस्रो साता अन्तरवार्ताको नतिजा आयो र उनको कठोर संघर्षले रंग ल्यायो । उनी सरकारी जागिरे भए ।
यो सफलताले उनको परिवार मात्रै होइन धेरै फरक क्षमता भएका व्यक्तिहरूमा पनि खुसियाली छायो । दृष्टिविहिनले जीवनमा केही पनि गर्न सक्दैनन भन्ने मानसिकतालाई गलत सावित गरिदिए । जन्मिदा कुरा काट्ने छिमेकी बधाई दिन थाले । अहिले उनी हिमालय मावि टीकापुरमा अध्यापन गराउँदै आएका छन् । त्रिभुवन विश्व विद्यालयमा अन्तराष्ट्रिय सम्वन्ध र कुटनीतिमा स्नातकोत्तर गरिरहेका छन् ।
पेशाले शिक्षक अर्जुन समाजसेवा र राजनीतिमा पनि उत्तिकै चासो राख्छन् । त्यस्को छनक उनले ११ वर्षकै उमेरमा देखाइसकेका थिए । कुरा थियो, २०६२/०६३ को जनआन्दोलनको । अर्जुन ११ वर्षको बालक, त्यसैमाथि दृष्टिविहिन । लम्कीमा आन्दोलन चर्किदै गर्दा गणतन्त्र स्थापनाका लागि सोही आन्दोलदनमा होमिएका थिए रावल पनि ।
आन्दोलनमा उनको उपस्थिति धेरैलाई जिल्ल पार्ने खालको थियो । तीन वर्षअघि मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणका लागि ठेक्का सम्झौता भएको लामो समय भइसक्दासमेत घरजग्गा धनीले सडकमा रहेका संरचना भत्काउनका लागि अटेरी गरे । सोही समयमा रावलकै नेतृत्वमा धनगढी युवा दवाव समूह गठन भयो र संरचना भत्काउनका लागि आन्दोलनका कार्यक्रम अगाडि बढाइयो । त्यसैको आडमा संरचना भत्काउँदै सडक निर्माणको कार्य अगाडि बढ्यो र अहिले अन्तिम चरणको निर्माण जारी छ । उनले नेत्रहिन युवा संंघ सुदूरपश्चिमको महासचिव र कैलाली जिल्ला अध्यक्ष भएर पनि काम गरिसकेका छन् ।

तीर्थराज उपाध्यायः जसले नेपालमै सिए पढ्ने वातावरण मिलाए, लेखापरीक्षण व्यवसायल…

गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदै

स्वास्थ्य मन्त्रालयमा लक्ष्मण अर्यालका १४ महिना, चुनौतीका बाबजूद अब्बल देखिए

स्वामी आनन्द देव बनेका भवन भट्टले पहिल्याएको मार्ग

धेरैजसो कर्मचारी ‘बिचरा’ छन्

पञ्च भएर पनि उनी प्रजातान्त्रिक थिए

लियोनार्दो डी क्याप्रियोसँग राजनका तीन दिन

प्रतिक्रिया